Managing Pregnancy During COVID-19 / गर्भवती महिला र कोरोना

गर्भवती महिलाहरुले यो बेला निम्न कुरामा विशेष गरेर ध्यान दिनु पर्छ ।
गर्भवती महिलाहरुको इम्युनिटी कम हुन्छ, त्यसैले उनीहरुलाई सामान्य मानिसको तुलनामा छिट्टै संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले हरेक कुरामा विशेष ध्यान दिनु पर्छ । माथि उल्लेखित सबै कुरामा ध्यान दिएर इम्युनिटी बढाउने खानेकुराहरुमा विशेष जोड दिनु पर्छ ।

कोरोनाकालमा गर्भवती महिलामा निम्न किसिमका समस्याहरु देखिएका छन् :
गर्भवती महिलाहरुले अहिलेको बेला तनाव लिनै हुँदैन । तनाव लियो भने समस्या बढ्छ, त्यसैले तनाव नलिइ ढुक्क भएर बस्नु नै उचित हुन्छ । यदि पेट दुखेर गाह्रै भएको अवस्थामा मात्र अस्पताल जानु पर्ने हुन्छ, अन्यथा तनावरहित भएर बस्नु पर्छ ।

अहिलेको अवस्थामा गर्भवती महिलाहरुले नियमित परीक्षण गराउन गाह्रै छ, त्यसैले फोनबाट, एसएमसबाट तथा अनलाईनबाटै परामर्श लिन सक्नुहुन्छ । औषधि खाइरहेका गर्भवतीहरुले अस्पताल जानु पर्दैन, आफ्ना डाक्टरहरुलाई फोनबाटै सम्पर्क गरेर परामर्श लिन सक्छन् । गर्भवती महिलाहरुले विभिन्न प्रकारका खोपहरु लगाउनु पर्छ, ती खोपहरु केही साता अथवा केही महिना ढिलो लगाउँदासमेत फरक पर्दैन । बच्चा जन्माउने बेला भएका गर्भवतीहरु, असाध्यै पेट दुखेका गर्भवतीहरु, रक्तश्राप भएका गर्भवतीहरु, प्रसस्त पानी बगेका गर्भवतीहरु तथा पाँच महिना कटेका गर्भवती महिलाको पेटमा बच्चा नचलेको जस्तो अनुभव भएमा मात्र उहाँहरु अस्पताल जानु पर्छ । अन्यथा, सामान्य अवस्थाका गर्भवती महिलाहरु दौडेर अस्पताल जानु आवश्यक पर्दैन ।

गर्भवती महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु पर्छ
जसरी गर्भवती महिलाले अन्य खोपहरु लगाउँछन्, त्यसरी नै कोरोना विरुद्धको खोप पनि लगाउनु पर्छ । हरेक औषधिको साइड इफेक्ट हुन्छ, सिटामोलको समेत साइड इफेक्ट हुन्छ भने कोरोनाविरुद्धको खोपको साइड इफेक्ट नहुने कुरा भएन । तर, साइड इफेक्ट भए पनि कुनै आपत्ति छैन । कोरोनाविरुद्धको खोपले गर्भवती महिलाको मात्र होइन, गर्भमा रहेको शिशूको समेत एन्टीबडी फर्म भएर रोग प्रतिरोधक क्षमता बढ्ने अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

गर्भवती महिला लाई कोरोना भएमा
सबैभन्दा पहिलो कुरा त टेन्सन लिँदै नलिने, शान्त भएर बस्ने । यसबाहेक डा. तुम्लाले कोभिड संक्रमितहरुका लागि भनेर ‘सिक्स एम’ को अवधारणा विकसित गर्नुभएको छ । ती सिक्स एममा मिक्सिङ, मेडिसिन, मनिटरिङ, मील, माइण्ड सेट तथा मुभमेन्ट टु हस्पिटल पर्दछन् ।

१. मिक्सिङ अर्थात मिश्रण, संक्रमित भएपछि कोहीसंग पनि नमिसिने अर्थात आइसोलेसनमा बस्नु पर्छ ।
२. मेडिसिन अर्थात औषधिको सेवन गर्नु पर्छ । कोरोनाको पहिलो औषधि भनेकै सिटामोल हो । दोस्रो लहरको संक्रमण अलि फरक छ । ज्वरोसंगै डाइरिया हुने, वान्ता हुने पनि हुन्छ । गर्भवती हुँदा पनि वान्ता हुने हुन्छ । त्यसैले संक्रमणले हो कि गर्भवती भएर वान्ता भएको हो, कहिलेकाहिं द्विविधा उत्पन्न हुनसक्छ । त्यसैले संक्रमणको लक्षण देखिनासाथ पीसीआर टेस्ट गर्नु पर्छ । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नु त छँदैछ ।
३. मोनिटरिङ अर्थात संक्रमण पुष्टि भएपछि अक्सिजनको लेभल, ज्वरो आदि मोनिटर गरिरहनु पर्छ । ज्वरो १ सय ३ भन्दा घटेन भने, अक्सिजनको लेभल ९२ भन्दा तल झर्यो भने तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु पर्छ, सास फेन गाह्रो भयो भने अस्पताल समेत जानु पर्छ । यसबाहेक घरमै बसेर छ मिनेटमा अक्सिजन लेभल परीक्षण गर्ने तथा लामो सास लिएर रोक्न अनि २५ सेकेण्डसम्म सास रोक्न सकियो भने फोक्सो ठिक छ भन्ने कुरा आफैंले समेत परीक्षण गर्न सकिन्छ ।
४. मील अर्थात खानपिन । संक्रमित भएपछि हरेक व्यक्तिले प्रसस्त पौष्टिक खानेकुराहरु खानु पर्छ । हाइ प्रोटिन खानेकुराहरु खानु पर्छ । डाक्टरको सल्लाह अनुसार प्रसस्त झोलिलो पदार्थहरु, माछा, मासु, अण्डा आदि खानु पर्छ ।
५. माइण्ड सेट अर्थात धैर्यता कायम गर्नु पर्छ । तनाव नलिइ शान्त भएर बस्नु पर्छ ।
६. मुभमेन्ट टु हस्पिटल । यदि ज्वरो घटेन भने, अक्सिजनको लेभल कम भैरह्यो भने तुरुन्त अस्पताल जानु पर्छ ।

संक्रमित गर्भवती आमाबाट पेटमा भएको शिशूमा कोराना भाइरस सर्दैन
सालनालबाट कोरोना सर्दैन, रगतबाट पनि सर्दैन । त्यसैले आमा गर्भवती भए पनि बच्चामा संक्रमण सर्दैन । अझ, विदेशतिर संक्रमित आमाहरुले होशियारीपूर्वक बच्चाहरुालाई स्तनपान समेत गराइरहेका छन् । नेपालमा केही अस्पतालमा दुधदानीबाट दुख खुवाइएको सुनिएको छ, यद्यपि, आमाहरुले मास्क लगाएर, अनुहार अर्कैतिर फर्काएर, स्तन सफा गरेर शिशूलाई दुध खुवाउन सकिन्छ । यद्यपि, यो प्रकृयामा आमा निकै होशियार भने हुनै पर्छ । स्तनपानबाट पनि कोरोना सर्दैन भन्ने प्रमाणित भैसकेको छ ।

डा.तुमला शाह
वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञका साथै बाँझोपन विशेषज्ञ
सुखी परिवार क्लिनिक
सेन्त्रल कोलोनी, कालिमाटी, काठमाडौं
(तीन दशकदेखि स्वास्थ्य सेवामा सक्रिय)

नोट :
डा. तुम्ला शाहले अहिलेको अवस्थामा, प्रसुती, स्त्री रोग तथा बाँझोपनका बारेमा अनलाइन तथा टेलिफोनमार्फत नै परामर्श दिइराख्नु भएको छ । उहा हरेक दिन दिउँसो १ देखि ३ बजेसम्म मोबाइल नम्बर ९८५१०२७०१० मा उपलब्ध हुनुहुन्छ।